उदयपुर । उदयपुरगढी गाउँपालिका–७ की २२ वर्षीया विमा राईको पौवाखोलामा बगेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार हिजो शुक्रबार दिउँसो वर्षाका कारण खोला बढेको समयमा उनी पौवाखोलामा गएकी थिइन्। त्यही क्रममा आएको बाढीले उनलाई बगाएको थियो।
स्थानीयवासीका भनाइ अनुसार राई पानी परेको बेला खोलामा प्रवेश गरेकी थिइन्। बाढीले बगाएर बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा गएराती शव फेला परेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया