काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । केही दिनअघि २ लाख ७० हजार ६ सय रुपैयाँको रेकर्ड मूल्यमा कायम भएको छापावाल सुन घट्दै आएर बिहीबार भने २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिनको तुनालमै सुनको मूल्य १ हजार ४ सय रुपैयाँ घटेको छ । बुधबार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ४ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया