काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री कार्कीले भण्डारीको नाम सिफारिस गरेपछि उनको नियुक्ति औपचारिक भएको हो ।
यसअघि आजैका दिन तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए । बडालको राजीनामापछि रिक्त भएको पदमा भण्डारीलाई नियुक्त गरिएको हो ।
भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन् ।
प्रतिक्रिया