काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा आएको छ । परिस्थिति सामान्य बन्दै गएपछि आजबाट मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव हरिप्रसाद मैनालीका ‘जेनजी’ प्रदर्शनका कारण भदौ २७ सम्म सबै निकायको काम स्थगित भएको थियो । उक्त दिनसम्म निषेधाज्ञा रहेको, २८ गते शनिबार परेकाले आज २९ गतेदेखि नियमित रूपमा सबै सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएका छन् ।
मन्त्रालयले सामान्यका काम सञ्चालन गरेको र पूर्वघोषित कार्यक्रम तथा आगामी कार्यक्रम भने मन्त्री बहालीपछि मात्रै हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया