चीन र अमेरिकी प्रतिनिधिमण्डलहरू आर्थिक र व्यापारिक मुद्दाहरूमा वार्ताका लागि आइतबार यहाँ भेला भएका छन्।
आगामी दिनमा दुवै पक्षबीच अमेरिकी एकपक्षीय करवृद्धिका उपायहरु, निर्यात नियन्त्रणको दुरुपयोग र टिकटकका विषयमा छलफल हुने चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले बताएका हुन्।
वार्तामा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री हे लिफेङले गरेका छन् ।
टिकटकको विषयमा चीनको अडान स्पष्ट र स्थिर रहेको प्रवक्ताले बताएका छन् । चीन आफ्ना उद्यमहरूको वैधानिक अधिकार र हितको रक्षा गर्न दृढरूपमा प्रतिबद्ध छ र सम्बन्धित कानून र नियमहरू अनुसार टिकटकको मुद्दालाई सम्बोधन गर्नेछ।
प्रतिक्रिया