इलाम : जेनजी समूहको नाममा भदौ २४ गते इलाम नगरपालिकामा भएको आगजनी तथा तोडफोडका क्रममा चोरी गरिएका सामान फिर्ता गर्न थालिएको छ।
नगरपालिकाको सार्वजनिक आग्रहपछि ल्यापटपसहितका सामग्री व्यक्तिहरूले स्वेच्छाले नगरपालिकाकै जिम्मा लगाउन थालेका हुन्।
नगरपालिकाले यसलाई ‘जिम्मेवार नागरिक’को कर्तव्य पूरा गरेको उदाहरणका रूपमा व्याख्या गर्दै सम्बन्धित व्यक्तिहरूको नाम र तस्बिर सार्वजनिक गरेको छ।
यसअघि नगरपालिकाले सिसी क्यामेरा फुटेज, भिडियो तथा सामाजिक सञ्जालमा प्रसारित लाइभमार्फत तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान भएको भन्दै आफ्नै इच्छाले चोरी सामान बुझाउन अवसर दिने सूचना जारी गरेको थियो।
नगरपालिकाले तोडफोडमा संलग्न भएकालाई कानुनी कारबाहीबाट जोगिन इमानदारीपूर्वक चोरी सामान फिर्ता गर्न पुनः आह्वान समेत गरेको छ।
प्रतिक्रिया