इटहरीमा भएको आगजनी र तोडफोडबारे प्रमाण खोज्दै उपमहानगरपालिका

सोमबार, ३० भदौ २०८२

इटहरी : हालै भदौ २३ र २४ गते इटहरी उपमहानगरपालिका क्षेत्रभित्र भएका आगजनी तथा तोडफोडका घटनामा संलग्न व्यक्तिहरुको पहिचान र कानूनी कारबाहीका लागि उपमहानगरपालिकाले नगरवासीलाई सहयोग गर्न आह्वान गरेको छ।

नगर कार्यपालिकाको कार्यालयका अनुसार सो घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न, उक्साउने वा प्रोत्साहन गर्ने, साथै कार्यालयका सामान चोरी गर्ने व्यक्तिहरु सम्बन्धी प्रमाण संकलन भइरहेको छ। यसका लागि सामाजिक सञ्जालहरू—फेसबुक, टिकटक, युट्युब लगायतमा पोस्ट भएका फोटो, भिडियो, स्टाटस, कमेन्ट र सेयर सामग्री उपलब्ध गराउन अपिल गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत मिन बहादुर भट्टराईद्वारा जारी सूचनामा भनिएको छ उपलब्ध गराइने सम्पूर्ण सामग्री कानूनी प्रक्रियामा सहयोगी हुने भएकाले नगरवासी महानुभावले सकेसम्म प्रमाण संकलनमा सहजीकरण गर्नु पर्ने उल्लेख छ । 

उपमहानगरपालिकाले प्राप्त हुने प्रमाणहरू आधारमा दोषी पहिचान गरी आवश्यक कानूनी कारबाही अघि बढाइने जनाएको छ।

548079722_1102702665329780_62162029443844541_n

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार