आन्दोलनले ल्याएको परिवर्तनलाई एनसेलको स्वागत

सोमबार, ३० भदौ २०८२

काठमाडौं । निजीक्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका युवाहरूको अगुवाईमा गरिएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गरेको छ । सोमबार एक प्रेस वक्तव्य जारी गर्दै एनसेलले अहिलेको परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा साझा गरेको छ । 

एनसेलले देश नयाँ अध्यायतर्फ अघि बढेको भन्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ । 

२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पुयाउँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'आज हामी अझै दृढ संकल्प र सहनशीलताका साथ देश र जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहन्छौँ । हामी आफ्ना कर्मचारी, ग्राहक र जनसमुदायसँग काँधमा काँध मिलाएर उभिएका छौँ र अहिलेसम्म प्रदान गर्नुभएको साथ, समर्थन तथा ऐक्यबद्धताप्रति हृदयदेखि आभारी छौँ ।' 

'हामी फेरि उठ्ने छौँ'

२३ र २४ गतेको आन्दोलनका क्रममा काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा क्षति पुगेको पनि एनसेलले जनाएको छ । यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा समेत गम्भीर जोखिम उत्पन्न गराए पनि एनसेलले आफ्नो सेवामा सम्झाैता नगरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार