काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रूइतले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको क्याविनेटमा सहभागी हुन अस्वीकार गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री कार्कीले तिलगंगा पुगेर डा.रूइतलाई क्याविनेटमा सहभागी भइदिन आग्रह गरेकी थिईन् । सो क्रममा डा.रुइतले आफू विरामी छाडेर मन्त्रिपरिषद्मा नजाने बताए ।
‘सन्दुक रुइतज्यू क्याविनेटमा आउँदै हो ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘यहाँ छोडेर आउने ? यत्रो छ काम, यहाँ छोडेर आउने ? विरामीलाई छोडेर आउँदिनँ ।’
मन्त्रिपरिषद् विस्तारको पूर्वसन्ध्यामा प्रधानमन्त्री कार्कीले डा.रूइतलाई भेटेकी हुन् । प्रधानमन्त्री कार्कीले हिजो तीन जना मन्त्री नियुक्त गरेकी थिईन् । मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने प्रधानमन्त्री कार्कीको तयारी रहेको बताइएको छ ।
प्रतिक्रिया