सुरुङ्गा । जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन र तीनवटा प्रादेशिक कार्यालयका भवनमा क्षति पुगेको हो ।
त्यसैगरी एउटा सार्वजनिक भवन, निजी आवास ३७ वटा, दुईवटा व्यावसायिक भवन, अस्थायी प्रहरी पोष्ट र अस्थाई प्रहरी चौकी दुईरदुई वटा , प्रहरी चौकी ६ वटा, इलाका प्रहरी कार्यालय नौ वटा, इलाका र जिल्ला ट्राफिक प्रहरी कार्यालय एकरएकवटा, वडा प्रहरी कार्यालय एउटा र विद्यालय भवन एउटामा क्षति पुगेको हो ।
दमकस्थित दमक भ्यू र राजनीतिक दलका कार्यालय भवन आठ गरी जम्मा १५२ वटा भवनमा आगजनी र तोडफोड भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
तोडफोड र आगजनी भएका कार्यालयसहित निजी आवास भवनको समेत पाँच दिनभित्रमा मुचुल्का तयार गरिसक्ने निर्णयअनुसार काम भइरहेको प्रजिअ अधिकारीको भनाइ छ ।
प्रतिक्रिया