मोरङमा करेन्ट लागेर फर्निचरका मजदुरको मृत्यु

मंगलबार, ३१ भदौ २०८२

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४, कर्सियास्थित फर्निचर उद्योगमा कार्यरत ५० वर्षीय सानबहादुर दमाईको करेन्ट लागेर मृत्यु भएको छ ।

कनक फर्निचर उद्योगमा काम गर्दै गर्दा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना मंगलबार दिउँसो १ः१० बजे भएको थियो । 

बिजुलीको मिटर सफा गर्दै गरेका बेला करेन्ट लागेर दमाई घाइते भएका थिए । उपचारका लागि स्थानीय मेडिकलमा पुर्याउनसाथ उनलाई मृत घोषित गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार