इटहरी : नेकपा (एमाले) इटहरी उपमहानगर कमिटीले विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हाल देशभर रक्त अभाव गम्भीर रुपमा देखिएको अवस्थालाई मध्यनजर गर्दै गरिएको उक्त कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको छ ।
हालै भएको आगजनीका कारण कमिटीको कार्यालयमा भौतिक क्षति पुगे पनि विचार, दृष्टिकोण र जनतासँगको गहिरो सम्बन्धलाई नष्ट गर्न नसक्ने एमाले इटहरी उपमहानगर कमिटीले जनाएको छ ।
रक्तदान कार्यक्रममा बोल्दै नेताहरुले एमाले सधैं जनताको सुख–दुःखमा साथ रहने प्रतिवद्धता दोहोर्याएका छन् ।
प्रतिक्रिया