जेनजी आन्दोलन : कोशी सरकारका ४२ भवन र सयौं सवारीसाधन क्षतिग्रस्त

मंगलबार, ३१ भदौ २०८२

विराटनगर : जेनजी समूहको आन्दोलनका क्रममा अराजक समूहले आगजनी तथा तोडफोड गर्दा कोशी प्रदेश सरकार मातहतका कार्यालयहरूमा ठूलो भौतिक क्षति भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हालसम्म ४२ वटा सरकारी भवनमा क्षति पुगेको छ । तीमध्ये १८ वटा भवन पूर्णरुपमा नष्ट भएका छन् भने २४ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

सवारीसाधनतर्फ ६४ वटा चारपाङ्ग्रे गाडी जलेर प्रयोगविहीन भएका छन् भने १२ वटामा आंशिक क्षति पुगेको छ । त्यसैगरी, १४४ वटा मोटरसाइकल र स्कुटर पूर्णरुपमा नष्ट भएका छन् भने १७ वटा आंशिक क्षतिग्रस्त भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार यो विवरण प्रारम्भिक मात्र हो । मुख्यमन्त्री कार्यालयकै ४ वटा भवन पूर्णरुपमा जलेका छन् भने २ वटा आंशिक क्षतिग्रस्त भएका छन् । कार्यालयका ९ वटा सवारी पनि आगलागीमा नष्ट भएका छन् ।

मन्त्रालयगत क्षति विवरण यसप्रकार छ :

पर्यटन, वन तथा वातावरण मन्त्रालय : ५ वटा भवन पूर्णरुपमा क्षतिग्रस्त, १० वटा चारपाङ्ग्रे सवारी जले ।

खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्रालय : ४ वटा गाडी पूर्णरुपमा क्षतिग्रस्त ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय : ५ वटा भवन आंशिक क्षतिग्रस्त, ११ वटा गाडी जले ।

आर्थिक मामिला तथा योजना मन्त्रालय : १ भवन र १ चारपाङ्ग्रे सवारी पूर्णरुपमा नष्ट ।

सामाजिक विकास मन्त्रालय : २ वटा भवन पूर्णरुपमा क्षतिग्रस्त ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय : २ वटा भवन र ८ वटा सवारी जले ।

भौतिक पूर्वाधार विकास मन्त्रालय : ७ वटा चारपाङ्ग्रे सवारी क्षतिग्रस्त ।

स्वास्थ्य मन्त्रालय : ३ वटा चारपाङ्ग्रे सवारी जले ।

प्रदेश सभा सचिवालय : ४ वटा भवन र ८ वटा गाडी पूर्णरुपमा क्षतिग्रस्त ।

प्रदेश योजना आयोग : ३ वटा गाडी जलेर ध्वस्त ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार