दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार : राष्ट्रसङ्घ

मंगलबार, ३१ भदौ २०८२

संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले देश स्वतन्त्र भएपछि हालसम्म तेलबाट कमाएको २५.२ अर्ब अमेरिकी डलरमध्ये अर्बौं डलर हिनामिना गरेको खुलासा गरेको छ ।

मानवअधिकार आयोगको रिपोर्टअनुसार, यो रकम स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च हुनुको सट्टा व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरुपयोग भएको छ । रिपोर्टमा भनिएको छ,“देशको लुटकै कारण जनताले भोक, रोग र मृत्युलाई भोग्नुपरेको छ ।”

सबैभन्दा ठूलो भ्रष्टाचार ‘ओआयल फोर रोडस’ कार्यक्रममा देखिएको छ, जहाँ सन् २०२१ देखि २०२४ बीचमा छुट्याइएको २.२ अर्ब डलरमध्ये १.७ अर्ब डलरको हिसाब छैन ।

संयुक्त राष्ट्रसङ्घ आयोगका अनुसार,“यी अनियमितता सिधै जनताको जीवनमा असर पार्ने गरी भएका छन् ।

सरकारले रिपोर्टमा प्रयोग गरिएको सूचना पक्षपाती रहेको भन्दै अस्वीकार गरेको छ ।

यो रिपोर्ट राष्ट्रपति सल्वा कीर र विपक्षी नेता रिएक मचारबीचको सत्ता साझेदारी विफल हुने सङ्केतसँगै आएको हो । मचारमाथि देशद्रोह र मानवताविरुद्धका अपराधको आरोप लगाइएको छ, जसलाई उहाँका समर्थकहरूले राजनीतिक प्रतिशोध भन्दै सशस्त्र आन्दोलनको चेतावनी दिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार