काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङमाथि काठमाडौंमा बुधबार आक्रमणको प्रयास भएको छ ।
गुरुङका अनुसार काठमाडौंको रानीबारीदेखि बानेश्वरसम्म उनलाई अज्ञात समूहले पछ्याएको थियो ।
पल्सर मोटरसाइकलमा आएका केही व्यक्तिले उनलाई लखेट्न थालेपछि बीचमा २ वटा गाडी पनि थपिएर लगातार पच्छ्याएको उनले बताए ।सिनामंगलको गल्ली हुँदै बानेश्वरसम्म उनीहरू पछि लागेका र त्यहाँसम्म आइपुग्दा पनि खोजिरहेकाले आफ्नो ज्यानमाथि गम्भीर खतरा महसुस भएको गुरुङले बताए ।
‘मार्ने उद्देश्यले नै आएका जस्तो लाग्थ्यो,’ गुरुङले भने, ‘तर, ती को थिए भन्ने मैले चिनिनँ ।’ घटनापछि आफू अहिले कुन स्थानमा रहेको भन्ने विवरण सार्वजनिक नगर्ने निर्णय गरेको उनले बताए ।
प्रतिक्रिया