काँकरभिट्टाबाट पाँच बोरा अप्टिकल फाइबर तारसहित पाँच जना पक्राउ

विहीबार, ०२ असोज २०८२

विराटनगर । झापाको काँकरभिट्टामा प्रहरीले पाँच बोरा अप्टिकल फाइबर टेलिफोन तारसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

आज बिहान करिब ११ः१० बजे मेचिनगर नगरपालिका–५ नकलबन्दा नजिक गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरू नेपालबाट भारततर्फ उक्त तार लाद्दै गरेको अवस्थामा भेटिएका थिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत दार्जिलिङ जिल्ला पानिट्याङकीका २४ वर्षीय कातिक अधिकारी र ३४ वर्षीय राहुल अधिकारी रहेका छन् । त्यस्तै, झापा बुद्धशान्ती गाउँपालिका सितल वस्तीका २५ वर्षीय बिजय राजवंशी, इलाम माई नगरपालिका–३ जौबारीका २७ वर्षीय दिनेश परियार र झापा कचनकबल गाउँपालिका–३ डाँगीबारीका ४२ वर्षीय संजय माझी रहेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ परेकालाई आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाउन राखिएको जनाएको छ । प्रहरीका अनुसार अप्टिकल फाइबर तार चोरीको घटनाबारे थप छानबिन भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार