सभामुखले भने-संसद विघटन नगरी समाधान खोजेको भए हुन्थ्यो

विहीबार, ०२ असोज २०८२

काठमाडौँ । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद भवनसहित सार्वजनिक सम्पत्ति जलाइएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । बिहीबार संसद भवनको अवलोकनपछि पत्रकारहरूमाझ उनले जेनजी आन्दोलनका क्रममा भएको आगजनीलाई दुखद् दुर्घटना भने । उनले पछिल्लो क्षति र हानिबाट उठेर अघि बढ्नुपर्नेमा जोड दिए । 

संसद विघटन नगरी समस्या खोजेको भएर राम्रो हुने धारणा पनि उनले राखे । पत्रकारको प्रश्नहरूको संक्षिप्त जवाफ दिएका उनले राजनीतिक निकासका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार