काठमाडौँ : नेपाली सवारीसाधन बजारमा टाटा मोटर्सका सक्कली पार्ट्सको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको कम्पनीको दाबी छ ।
यही विश्वासलाई अझ मजबुत बनाउँदै, सिप्रदी अटोपार्ट्स प्रालिले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा विभिन्न आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन् । हालैको संवेदनशील परिस्थितिका कारण स्थगित गरिएको योजना पुनः सुरु गरिएको कम्पनीले जनाएको छ ।
यस्ता छन् उपहार योजनाहरू
टाटाको उपहार योजना अन्तर्गत १ लाख भन्दा बढीको खरिदमा १५० सीसीको बजाज पल्सर मोटरसाइकल पाइने छ । त्यस्तै ७५ हजार भन्दा बढीको खरिदमा १२५ सीसीको टिभिएस स्कुटर २५ हजार भन्दा बढीको खरिदमा स्मार्ट टिभी र ५,००० भन्दा बढीको खरिदमा स्मार्टफोन पाइने जनाइएको छ ।
त्यस्तै हरेक खरिदमा १,००० सम्मको क्यासब्याक कुपन ग्यारेन्टीसहित लक्की ड्र मार्फत थप पुरस्कार जित्ने अवसर समेत रहेका कम्पनीले जनाएको छ ।
सक्कली पार्ट्सको फाइदा टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण अङ्गहरूलाई दीर्घकालीन संरक्षण प्रदान गर्छ। यसले मर्मत खर्चमा बचत मात्र होइन, गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउने सुनिश्चितता पनि दिनेछ ।
यो पर्वमा आफ्नो सवारीसाधनको मर्मतलाई उपहार जित्ने अवसरमा बदल्न चाहनेहरूले टाटा जेन्युइन पार्ट्सको मेला तपाईँका लागि उत्तम अवसर हुन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया