काठमाडौँ : प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार थप पाँच मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।
शीतल निवास स्रोतका अनुसार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, सङ्गीता कौशल मिश्र र जगदीश खरेल नयाँ मन्त्री बनेका छन् । यसअघि ४ सदस्यीय मन्त्रिपरिषद् रहेकामा आज थपिएकासहित ९ पुगेको हो ।
स्रोतका अनुसार सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमि सुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
महावीर पुनले शिक्षा मन्त्रालय सम्हाल्ने भएका छन् भने सङ्गीता कौशल मिश्र स्वास्थ्य मन्त्री बनेकी छन् । यस्तै, मदन परियारलाई कृषि मन्त्रालय र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया