झापा । झापा गाउँपालिका–३ झाँसीकी ४ वर्षीया विष्णुमाया दर्जी खोलामा डुबेको अवस्थामा मृत फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मिति २०८२ असोज ५ गते दिउँसो करिब २ बजे मानबहादुर दर्जीकी छोरी विष्णुमाया बेपत्ता भएकी थिइन्। आफन्तले खोजतलास गर्ने क्रममा असोज ६ गते बिहान करिब ७ः१० बजे उनको शव घर नजिकैको सानो माई खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको र मृतकको शवलाई पोष्टमार्टमका लागि प्रदेशिक मेचि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया