दसैँ, तिहार र छठका अवसरमा नेपाल टेलिकमले ल्यायो आकर्षक अफरहरु

सोमबार, ०६ असोज २०८२

काठमाडौँ- नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरुका लागि विभिन्न आकर्षक अफरहरु ल्याएको छ।

यस वर्षको ‘दसैँ-तिहार-छठ अफर २०८२’ अन्तर्गत मोबाइल सेवामा सहुलियत दरका डाटा र भ्वाइस प्याकेजहरु उपलब्ध हुनेछन्।

FTTH प्याकेजमा छुट

असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ FTTH प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क (रु. ५००) मिनाहा गरिएको छ।

मोबाइल डाटा प्याकेज

यस अफर अन्तर्गत जीएसएम ग्राहकहरुका लागि विशेष डाटा प्याकेजहरु उपलब्ध छन्:

  • रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड डाटा प्याकेज: यो प्याकेजमा तपाईंले दैनिक ५ जीबी डाटा प्रयोग गर्न सकिनेछ। ५ जीबी डाटा सकिएपछि २ Mbps को गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ।
  • रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज: यो प्याकेजमा दैनिक १० जीबी डाटा प्रयोग गर्न सकिनेछ। १० जीबी डाटा सकिएपछि ३ Mbps को गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

भ्वाइस र एसएमएस प्याकेज

डाटा प्याकेजका अतिरिक्त भ्वाइस र एसएमएस प्याकेज पनि उपलब्ध छन्:

  • रु. २५० मा १००० मिनेट अल-नेट भ्वाइस सुविधा: यसमा तपाईंले जुनसुकै नेटवर्कमा कल गर्न १००० मिनेट पाउनेछन्।
  • रु. ९९ मा १००० अन-नेट एसएमएस सुविधा: यो प्याकेजमा नेपाल टेलिकमको नेटवर्कभित्रका अन्य नम्बरहरुमा १००० एसएमएस पठाउन सकिनेछ।

यी सबै प्याकेजहरुको समयावधि प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन रहेको छ।

यी अफरहरु असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। प्याकेज खरिद गर्न तपाईंले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा ‘नेपाल टेलिकम एप’ प्रयोग गर्न सकिनेछ।

नेपाल टेलिकमले चाडपर्वको समयमा आफ्ना ग्राहकहरुलाई थप सम्पर्कमा रहन र खुशी बाँड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार