सहकारीबाट घर फर्किने क्रममा जङ्गलमा लुकेर बलात्कार, घटना थाहा पाउने डरले हत्या

मंगलबार, ०७ असोज २०८२

खोटाङ : खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीय रेश्मीका सिवा परियारको भदौ ३० गते बेलुकी निर्मम हत्या भएको छ।

सहकारीबाट घर फर्किने क्रममा योजनाबद्ध रूपमा बलात्कार गरिएका र हत्या गरिएका रेश्मीका घटनाले स्थानीयवासी लाई स्तब्ध बनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार,रेश्मीलाई जङ्गलतर्फ धकेल्दै तल झारेको र अचेत अवस्थामा बलात्कारपछि घाँटीमा सलले च्यापेर हत्या गरिएको पुष्टि भएको छ।

प्रारम्भिक हल्ला अनुसार घटनामा समूह संलग्न रहेको भनिएको भए पनि अनुसन्धानपछि केवल एक १६ वर्षीय किशोर मात्र संलग्न रहेको पाइएको छ।

किशोरलाई पक्राउ गरी अदालतमा मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छ। कानुन अनुसार १८ वर्षमुनिका भएकाले उनको पहिचान सार्वजनिक गरिएको छैन।

रेश्मीका एक छोरीकी आमा समेत थिइन् र दिप्रुङ चुइचुम्मा ५ स्थित सछितापोखरीको अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत थिइन्। घटनाले गाउँमा आक्रोशको लहर उठाएको छ र स्थानीयले दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

पुलिसका अनुसार, किशोरले सडकभन्दा करिब डेढ सय मिटर तलको भिरालो जङ्गलतर्फ रेश्मीलाई धकेलेपछि अचेत अवस्थामा बलात्कार गरेको र त्यसपछि घाँटीमा सलले च्यापेर हत्या गरेको खुलासा भएको छ।

स्थानीयवासीहरूले भनेका छन्, “यस्तो घृणित अपराधको कडा र न्यायसङ्गत कारबाही हुनैपर्छ, हाम्रो गाउँ र बच्चाहरू सुरक्षित रहनुपर्छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार