व्यापारी भट्टसँग नजिकिएका राजस्व सचिव घिमिरेको सरुवा

मंगलबार, ०७ असोज २०८२

काठमाडौं । व्यापारी दीपक भट्टसँग नजिकिएको र अर्थ मन्त्रालयभित्र उनको प्रभावमा काम गर्दै आएको आरोप लाग्ने गरेका राजस्व सचिव दिनेश घिमिरेलाई सरुवा गरिएको छ। अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाउने निर्णय गरेको हो।

अर्थ मन्त्रालयका स्रोतका अनुसार व्यापारिक स्वार्थअनुसार घिमिरेलाई राजस्व प्रणालीभित्र भित्र्याई अर्थ सचिवसम्म बनाउन योजनाबद्ध प्रयास गरिएको थियो। यस योजनामा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको पनि साथ रहेको बताइएको छ।

आइतबारको बैठकले चार जना सचिवहरूको सरुवा गरेको छ। गृह मन्त्रालयमा रामेश्वर दंगाल, रक्षा मन्त्रालयमा सुमन अर्याल र गृह मन्त्रालयका गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ।

यसरी अन्य मन्त्रालयमा सचिव फेरबदल भए पनि राजस्व सचिवको स्थान भने तत्काल खाली राखिएको छ। यसले अर्थ मन्त्रालयमा व्यापारीको प्रभाव र राजनीतिक हस्तक्षेपबारे पुनः प्रश्न उठाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार