काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले आज शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत थम्पसनले नवनियुक्त मन्त्री घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन, तथा जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणबारे छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्री घिसिङले सरकारको प्रमुख प्राथमिकतामा आन्दोलनका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, निर्वाचन तयारी र सुशासन सुनिश्चितता रहेको बताए।
प्रतिक्रिया