कक्षा १२ को मौका परीक्षा सम्पन्न

बुधबार, ०८ असोज २०८२

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षा आज सम्पन्न भएको जनाएको छ।

पहिले भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा ‘जेन–जी’ आन्दोलनका कारण स्थगित भएर असोज ७ र ८ गते सम्पन्न भएको हो।

बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन गरिएको थियो। एक विषयमा मात्र पूरक परीक्षा दिने विद्यार्थीले सोही दिन परीक्षा दिएका थिए भने दुई विषय दिने विद्यार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली वा अन्य विषयको परीक्षा दिएका थिए।

आज असोज ८ गते दुई विषयमा परीक्षा दिने विद्यार्थीले आफूले चयन गरेका विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिएका छन्।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका सबै परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार