काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १२ सयले बढेको हो । बिहीबार २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर २७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदी तोलाको २६ सय ८५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया