युवासँगै देश घाइते अवस्थामा छ, सबै मिलेर उपचार गरौँ : मन्त्री खरेल

शुक्रबार, १० असोज २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीहरूलाई भेटेका छन् ।

शुक्रवार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेका बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्दै उनले युवासँगै देश घाइते अवस्थामा रहेको बताए । उनले भने, ‘यो सरकार जेनजीहरुको रगतको जगमा बनेको हो, यो खेर फाल्न दिनुहुँदैन । उहाँ मात्र घाइते भएको होइन देश नै घाइते छ । हामीले घाइतेहरूको उपचार गर्नुछ, साथै देशको उपचार गर्नुपर्छ,’उनले डाक्टरसँग थप भने, ‘सबै बिरामीलाई राम्रोसँग हेर्नुहोला र हामी साथमा छौ ।’

उनले विरामीहरुसँग कुरा गर्दै बिरामीबाट सरकार टाढा नरहेको बताए । उनले केही समयपछि पुनः अस्पतालमा अवस्था अनुसार बिरामीहरूको स्वास्थ्य अवस्था बुझ्न आउने बताए । खरेलले घाइतेहरूको स्वास्थ्यमा बिस्तारै सुधार आइरहेको र जतिसक्दो छिटो घाइतेहरुलाई उपचार गराई सामान्य जिवनका फर्काउन अस्पताल लागि परिरहेको समेत बताए ।

 

 

 

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार