इलाममा चाडपर्व लक्षित यात्रु सहायता कक्ष संचालनमा

शुक्रबार, १० असोज २०८२

इलाम । दशैं, तिहार र छठजस्ता चाडपर्वमा यात्रु र पर्यटकलाई सहज आवागमन सुनिश्चित गर्न इलाममा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ । जिल्ला जनपथ प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयोजनमा जिल्ला भित्रका दुई प्रमुख स्थानमा सहायता कक्ष स्थापना गरिएको हो ।

सहायता कक्ष इलाम बजारस्थित बसपार्क र फिक्कल बजारमा सञ्चालनमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । चाडपर्वमा यात्रुको चाप बढ्ने हुँदा आकस्मिक समस्या समाधान गर्न, भाडा दर नियमन गर्न र यात्रुलाई आवश्यक सहयोग पुर्‍याउन कक्ष सञ्चालनमा ल्याइएको हो ।

प्रहरीका अनुसार सहायता कक्षमार्फत सवारी चालक र यात्रुबीच उत्पन्न हुन सक्ने समस्या समाधान गर्ने, यात्रुलाई सहजीकरण गर्ने तथा असामाजिक गतिविधि नियन्त्रण गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको छ । साथै, चाडपर्वमा यात्रुबाट अत्यधिक भाडा असुल्न नदिने र शान्तिपूर्ण वातावरणमा आवागमन सुनिश्चित गर्न प्रहरी परिचालनमा रहेको जनाइएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार