पुन–निर्माणमा सहयोग गर्दै इलामका स्थानीय तथा संघ संस्था

शुक्रबार, १० असोज २०८२

इलाम । गएको भदौ २३ र २४ गते जेन्सी समूहको आन्दोलनका क्रममा जिल्लाभरका सरकारी तथा निजी संरचना तोडफोड र आगजनी हुँदा ठूलो मात्रामा क्षति भएको थियो । जिल्ला प्रशासन कार्यालय, इलाम नगरपालिका, माई नगरपालिका, कर कार्यालय, जिल्ला निर्वाचन कार्यालयदेखि इलाम चोक बजारको प्रहरी बस्ने पि पि टावरसम्म ध्वस्त हुँदा करिब १० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।

तोडफोड तथा क्षतिको विस्तृत विवरण अझै आइसकेको छैन । तर पुनर्निर्माणका लागि स्थानीय र संघ–संस्थाले अग्रसरता लिन थालेका छन् । इलाम चोक बजारस्थित क्षतिग्रस्त पि पि टावर निर्माण व्यवसायी सङ्घ इलामले आफ्नै पहलमा पुनर्निर्माण गरेको हो । सो टावरमा प्रहरीलाई बस्न दिने व्यवस्था रहे पनि आन्दोलनमा भवन क्षतिग्रस्त भएपछि प्रहरी बस्न नसकेकाले तत्काल मर्मत गरिएको सङ्घका अध्यक्ष डिल्ली खनालले जानकारी दिए । उनका अनुसार पुनर्निर्माणमा लाग्ने सम्पूर्ण खर्च व्यवसायी संघले नै व्यहोरेको हो ।

त्यस्तै, इलाम नगरपालिका–५ बिब्ल्याटे स्थित अस्थायी प्रहरी चौकी पनि आन्दोलनमा क्षति पुगेको थियो । उक्त चौकीको पुनर्निर्माणमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, बिब्ल्याटे शाखाले सहयोग गरेको छ । संस्थाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने प्रहरी चौकीलाई पुनः सञ्चालनमा ल्याउन सहयोग गरेको जनाएको छ ।

WhatsApp Image 2025-09-26 at 4.30.03 PM (1)

स्थानीय तह, व्यवसायी र संघ–संस्थाको यस सक्रियताले आन्दोलनपछि सिर्जित नोक्सानीलाई केही हदसम्म पुनःस्थापना गर्ने काम अघि बढेको देखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार