युनिटी टी–२० सिरिजको अन्तिम खेलमा नेपालले पहिलो इनिङ्समा १९.५ ओभरमै १२२ रन बनाएर अलआउट भएको छ।
नेपालका ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै २९ बलमा ३९ रन बनाए। उनको पारीमा २ चौका र ३ छक्का समावेश थियो। तर अन्य ब्याट्सम्यानहरू ठूलो योगदान दिन सकेनन्।
कुशल मल्ल १२ रन, कप्तान रोहित पौडेल १७ रन, गुलशन झा १० रन, सन्दीप जोराले १४ रन जोड्दा आरिफ शेख ६ रनमै आउट भए।
त्यस्तै आदिल अन्सारीले ३ रन, लोकेश बमले ९ रन, सोमपाल कामीले ४ रन बनाए भने करण केसी खाता खोल्नासाथ शून्यमा आउट भए। अन्त्यतिर शाहब आलम १ रनमा अविजित रहे।
नेपालले कुल ८ एक्स्ट्रा रन पायो।
अब वेस्ट इन्डिजलाई श्रृङ्खलाको अन्तिम खेल जित्न १२३ रनको लक्ष्य दिएको छ। नेपाल यसअघि नै सिरिज जितिसकेको छ भने आजको खेल जित्दै क्लीन स्वीप गर्ने लक्ष्यमा छ।
प्रतिक्रिया