काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन्।
मङ्सिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने तयारीमा रहेका प्रसाईँलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको हो।
प्रसाईँलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ।
हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा प्रसाईँलाई पक्राउ गरिएको बताइएको छ। यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईँ अदालतको आदेशपछि छुटेका थिए।
प्रतिक्रिया