झापा । झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूली चौक नजिकैबाट प्रहरीले लागूऔषधसहित एक युवालाई पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा गरिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीय यसराज राजवंशीलाई लागू औषधसहित नियन्त्रणमा लिएको हो ।
सोमवार साँझ टेक खड्काको घरमा डेरा गरी बस्ने राजवंशीले आफ्नै कोठाभित्र लागूऔषध बिक्री वितरण गर्दै आएको सूचना पाए लगत्तै लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा टोली खटिएको थियो ।
प्रहरी टोलीले कोठा खानतलासी गर्दा कालो प्लास्टिकमा पोका पारी राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागूपदार्थ २ ग्राम ७० मिलिग्राम रहेको बताइएको छ ।
प्रहरीले राजवंशीको साथबाट उन्नाइस हजार नगद समेत फेला परेको जनाएको छ । बरामद गरिएको लागूपदार्थसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया