काठमाडौँ : नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रस्तावित उम्मेदवारहरूको सिफारिस सूचीमा राखिएको आफ्नो नाम हटाउन डा. नारायण खड्काले माग गरेका छन्।
डा. खड्काले नेपाली काँग्रेसको केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै पत्र लेखी प्रदेश कार्यसमितिबाट पठाइएको सिफारिस सूचीबाट आफ्नो नाम हटाइदिन आग्रह गरेका हुन्। उनले उक्त विषय केन्द्रीय कार्यालयको सम्बन्धित निकायसम्म जानकारी गराइदिन पनि अनुरोध गरेका छन्।
पत्रमा उनले नेपाली काँग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर–१ को प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि प्रस्तावित उम्मेदवारहरूको सिफारिस सूचीमा आफ्नो नाम समावेश भएको जानकारी पाएको उल्लेख गर्दै, सो सूचीबाट आफ्नो नाम हटाइदिन अनुरोध गरेका छन्।
प्रतिक्रिया