खाटबाट लडेर घाइते

मंगलबार, ०२ मंसिर २०८२

झापा ।  झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा एक युवा खाटबाट लडेर घाइते भएका छन् ।

गएराति आफ्नै घरस्थित कोठामा सुतिरहेका ३२ वर्षीय पदम दर्जी खाटबाट लडेर घाइते भएका हुन् । 

उनको टाउकोमा चोट लागेको छ । घाइते दर्जीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

खाटबाट लडेर घाइते भएका दर्जीलाई राति नै उनका बुबा कृष्णबहादुर ठटालले बीएण्डसी अस्पताल भर्ना गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार