रौतहटमा चट्याङ लागेर दुई युवाको मृत्यु

शनिबार, १८ असोज २०८२

रौतहट : रौतहटको कटहरिया नगरपालिकामा चट्याङ लागेर दुई युवाको ज्यान गएको छ।

अविरल वर्षासँगै शनिवार साँझ करिब ६ बजे परेको चट्याङले वडा नं. २ हंथियाहि गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले पुष्टि गरेका छन्।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलका अनुसार, मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार