मधेसका मुख्यमन्त्रीले लिए भोजपुरी भाषामा शपथ

विहीबार, ३० असोज २०८२

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल)ले भोजपुरी भाषामा शपथ लिएका छन्।

मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए।

उनलाई नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ। सोनलसँगै जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेश यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिने भएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार