हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको भलियामा दुर्घटना

विहीबार, ३० असोज २०८२

बाजुरा । हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा दुर्घटना भएको छ ।

हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस दिउँसो करिब १२ः११ बजे अनियन्त्रित भई दुर्घटनामा परेको भएको ।

दुर्घटनामा तीन जना यात्रु घाइते भएका छन् । घाइतेहरूमा मुगु जिल्ला रारा छायानाथ नगरपालिका–३ का १८ वर्षीय विशाल बिक, दैलेख जिल्ला दुल्लु नगरपालिका–२ की दिपा सोनाम, र बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–६ की ४५ वर्षीया प्रेमकला दमाई रहेका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार बेर्मा बजारस्थित गोपाल मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ ।

बसका चालक सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका–११ का दिपक बिक रहेका छन्। बसमा २३ जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार