काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ हजार ८०० रुपैयाँले घट्दै २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो ।
शुक्रबार तोलामा २ लाख ५८ हजार रुपैयाँमा पुगेको सुनको मूल्य आज घटेरगएको हो । यसअघि शुक्रबारको मूल्य हालसम्मकै उच्च बिन्दु रहेको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा ३ हजार २७५ रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ।
प्रतिक्रिया