अमेरिकाको नर्थ क्यारोलिनामा निजी विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार, ०४ पुस २०८२

एजेन्सी/ अमेरिकामा एउटा निजी जहाज दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। ‍नर्थ क्यारोलिनाको स्टेट्सभिल क्षेत्रमा बिहीबार एक सेस्ना ५५० व्यवसायिक जेट दुर्घटना हुँदा पूर्व सात जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

विमान स्टेट्सभिल रिजनल एयरपोर्टमै दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी पूर्व नास्कार चालक ग्रेग बिफलको मृत्यु भएको छ ।

नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि आगलागी भएको थियो । मृतकमध्ये बिफल र उनका नजिकका परिवारका सदस्य रहेको आशंका गरिएको छ। विमान बिफलसँग सम्बन्धित एक कम्पनीको नाममा दर्ता भएको जनाइएको छ । ५५ वर्षीय बिफलले करिब २० वर्षको करियरमा १९ वटा कप सिरिज जितेका थिए । सन् २०२३ मा बिफल नास्कारका ७५ महान चालकको सूचीमा परेका थिए ।

विमान फ्लोरिडातर्फ उडेको केहीबेरमै खराब मौसमका कारण फर्किन खोज्दा स्थानीय समयानुसार बिहान करिब १०ः१५ बजे दुर्घटना भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार