रविलाई रिहा गर्ने निर्णयको बाबुरामले गरे स्वागत

शुक्रबार, ०४ पुस २०८२

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले रवि लामिछानेलाई रिहा गर्ने अदालतको निर्णयको स्वागत गरेका छन्। उनले लामिछानेलाई रिहा गर्न गरिएको आदेश विधिको शासन, सहकारी पीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन्।

यो आदेशले लामिछानेलाई विधिसम्मत् तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरुले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानूनी रुपबाटै प्राप्त गर्ने मार्गप्रशस्त गरेको भट्टराईको दाबी छ। रवि भैरहवामा हिरासतमा हुँदा बाबुराम दुईपटक भेट्न पुगेका थिए।

उनले फेसबुकमा लेखेका छन्–

रास्वपा सभापति रवि लामिछानेलाई अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्ने गरी मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन, सहकारीपीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य छ। यसले वहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनतावीच गएर जनअनुमोदन प्राप्त गर्ने र सहकारी पीडितहरूले पनि आफ्नो गहीरो पीडाको सम्बोधन कानूनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको छ। मैले गत बर्षदेखि नै यही कुरा पटकपटक भन्दै आएको हुँ।( हेरौं, मैले गत बर्ष पोखराको प्रहरी हिरासतमा रविजीलाई भेटेर निस्केपछि मिडियासमक्ष व्यक्त गरेको विचार!)

लोकतन्त्रको सौन्दर्य यही हो। सबैले आत्मसात गरौं। तथ्यबाट सत्य खोजौं। कुनै उडन्ते अनुमानवाजी र ’षड्यन्त्त्रको सिद्धान्त’को पछि नलागौं। अनि बहुदलीय लोकतन्त्र भनेको दलहरू र व्यक्तिहरू वीच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको फ्यूजन हो भन्ने नभुलौं। प्रतिस्पर्धा गर्दा दुश्मन जस्तो गर्ने र सहकार्य गर्दा आफ्ना फरक फरक वैचारिक–राजनीतिक आस्था र प्रतिबद्धता बिर्सने गल्ती नगरौं।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार