झापाको फेसबुक चोकमा करेन्ट लागेर महिलाको मृत्यु

शुक्रबार, ०७ कार्तिक २०८२

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–१० फेसबुक चोकमा शुक्रबार दिउँसो करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार सो ठाउँकी ५५ वर्षीया तालामाई मर्डीको बिजुलीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। उनी ऐन बस्ने कुमार मगरको घरबाट बिजुली ल्याई बाल्ने गरेकी थिइन्। शुक्रबार दिउँसो करिब १२:१५ बजेतिर घरमा प्रयोग हुँदै आएको बिजुली बिग्रिएपछि उनले तार हेर्न खेततर्फ गएकी थिइन्। तर तार हेर्ने क्रममा करेन्ट लाग्दा उनी खेतमै घोप्टो परेकी अवस्थामा मृत फेला परेकी हुन्।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले कानुनी प्रकृया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेचि अस्पताल भद्रपुर पठाएको जनाएको छ।

प्रहरीले घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार