काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । मंगलबार नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि आयोगको कार्यालयमा नेताहरू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरू पुगेका थिए ।
आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहभागी हुने गरी नेकपामा नेताहरू दल दर्ताका लागि निवदेन दिएका हुन् । विप्लव महासचिव रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन आयोगमा दर्ता थिएन ।
प्रतिक्रिया