काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतको पासपोर्ट रोक्का गर्ने र उनीहरूलाई निश्चित स्थाबभन्दा बाहिर जान रोक लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री कार्यालय जेन-जी घटनासम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग र गृहमन्त्रालयसमेतलाई विपक्षी बनाइ रिट दर्ता गरेका हुन् ।
आयोगले ओली, लेखकसहित तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान आयोगका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालको पासपोर्ट रोक्का गर्ने र काठमाडौं उपत्यका छाड्न नपाउने गरी स्थान हद तोकेको थियो ।
जाँचबुझ आयोगको उक्त निर्णय सम्मानपूर्वक बाँच्न पाउने अधिकार विरुद्ध रहेकोले गैरकानुनी भएको दाबी गर्दै सिलवालले उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन परमादेश माग गरेका छन् ।
प्रतिक्रिया