काठमाडौं । राहदानी विभागले नयाँ राहदानी प्रणालीमा रूपान्तरणको अन्तिम चरणमा रहेको जनाउँदै केही दिन राहदानी सेवामा समस्या हुन सक्ने जानकारी गराएको छ । विभागका अनुसार २०८२ साल फागुनदेखि सञ्चालनमा आउने गरी नयाँ पासपोर्ट सेवा तथा पूर्वाधार निर्माण कार्य सुरु भएको छ ।
नयाँ प्रणाली लागू गर्ने प्रक्रियाका कारण हाल सञ्चालनमा रहेका सेवाहरूमा सीमित प्रभाव परेको राहदानी विभागले स्पष्ट पारेको छ । यसैक्रममा केही नागरिकलाई एपोइन्टमेन्ट सल्ट खुल्न नसक्ने तथा आवेदन र वितरण प्रक्रियामा अवरोध देखिएको विभागले जनाएको छ ।
विभागका अनुसार सेवा अवरुद्ध लामो समयसम्म नहुने र समस्या समाधानका उपायहरू तत्काल कार्यान्वयन भइरहेको छ । सोही अनुरूप, आगामी मङ्सिर २ गतेदेखि बेलुका ४ बजेदेखि राति १० बजेसम्म दिनभरका अवरुद्ध ११,००० सम्मका एपोन्टमेन्ट सल्ट क्रमशः संचालनमा ल्याउने तयारी गरिएको छ ।
विभागले सेवा प्रभावित हुनुपर्ने बाध्यताप्रति क्षमा माग्दै नागरिकलाई सहयोग र धैर्यताको आग्रह गरेको छ । साथै, राहदानी सम्बन्धी कुनै जानकारी, समस्या वा गुनासोका लागि विभागको आधिकारिक सम्पर्क माध्यममार्फत मात्र सम्पर्क गर्न आग्रह गरिएको छ ।
राहदानी विभागले फोहोर सूचना वा अवैध शुल्क माग गर्ने दलाल गतिविधिबाट सचेत रहन नागरिकलाई विशेष रूपमा ध्यानाकर्षण गराएको छ । विभागले अधिकारिक व्यक्तिबाट मात्र सेवा प्राप्त गर्न आग्रह गर्दै अनधिकृत व्यक्तिहरूबाट टाढा रहन आग्रह गरेको छ ।
प्रतिक्रिया