काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा अदालत दायर रिटविरुद्ध आज सुनुवाई हुने भएको छ ।
प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर उर्जा आयोगमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्व पुगेका शाक्यले दायर गरेको रिटमा सुनुवाई गर्न आजलाई पेशी तोकिएको छ । शाक्यले सोमबार आफूलाई प्राधिकरणकै कार्यकारी निर्देशकमा फर्काउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
आफू चार वर्षे जिम्मेवारीसहित कार्यकारीमा नियुक्त भएकाले सरकारले उर्जा आयोगमा सरुवा गर्न नमिल्ने दाबी गर्दै उनी सर्वाेच्व गएका थिए । आफ्नो कार्यकाल बाँकी रहँदै प्राधिकरणबाट हटाएर आयोगमा सरुवा गर्ने सरकारको निर्णय बदर गर्दै उनले प्राधिकरणमै निरन्तरता पाउनुपर्ने माग गरेका छन्।
दोस्रो पटक २०८१ चैत ११ प्राधिकरणको कार्यकारीमा नियुक्त शाक्यलाई सरकारले गत असोज ५ गते हटाएर प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरिसकेको छ।
प्रतिक्रिया