धरान–चतरा सडक खण्डमा स्कुटरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

मंगलबार, १६ मंसिर २०८२

इटहरी । धरान–चतरा सडक खण्डमा स्कुटरको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन्। मंगलवार बिहान ९:४५ बजे धरान उपमहानगरपालिका–१७ ठकुरीखोला पुल नजिक रेल्वेतर्फबाट चतरातर्फ जाँदै गरेको बा ९६ प ३३१६ नम्बरको स्कुटरले पैदल हिँडिरहेका ५४ वर्षीय गणेश बहादुर श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

धनकुटा साङ्गे घर भई हाल धरान–१७ रेल्वेमा बसोबास गर्दै आएका श्रेष्ठको अनुहार तथा टाउकोमा चोट लाग्नुका साथै नाक र कानबाट रक्तस्राव भएको र अवस्था गम्भीर रहेको जनाइएको छ। दुर्घटनामा स्कुटर चालक, काठमाडौँ चन्द्रागिरी–१५ का २६ वर्षीय सिजन भुषाल पनि घाइते भएका छन्। उनको बायाँ हात तथा खुट्टामा चोट लाग्नुका साथै दायाँ कम्मरमा दायाँ कम्मरमा सामान्य चोट लागेको भएपनि अवस्था सामान्य रहेको बताइएको छ।

उनीहरू दुबैजनालाई उपचारका लागि धरान–१८ स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा पठाइएको छ। दुर्घटनामा संलग्न स्कुटर अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार