भोजपुरमा एम्बुलेन्स दुर्घटना हुँदा दुईजना गम्भीर घाइते

मंगलबार, १६ मंसिर २०८२

इटहरी  । भोजपुरको हतुवागढी गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

मङ्सिर १६ गते बिहान करिब १०ः३० बजे हतुवागढी–६, चण्डीडाँडा स्थित घोडेटार–होम्ताङ कच्ची सडकखण्डमा बिरामी पुर्याएर फर्किरहेको प्र.१–०२–००१ झ ०७३७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई करिब २५ मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालक २६ वर्षीय सन्जिप राई र होम्ताङ स्वास्थ्य चौकीका संयोजक ५० वर्षीय जयकुमार राई गम्भीर घाइते भएका छन्। चालक राईको अनुहारमा चोट लागेको छ भने स्वास्थ्य संयोजक राईको अनुहार तथा चिउडामुनि घाँटीमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दुवै जनाको प्रारम्भिक उपचार होम्ताङ स्वास्थ्य चौकीमै भइरहेको र थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम) लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार