दिल्ली जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु, अधिकांश यात्रु नेपाली

मंगलबार, १६ मंसिर २०८२

काठमाडौँ- भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यात्रुवाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ट्रकले बसलाई ठक्कर दिएपछि आगलागी भएको हो । ठक्करपछि बस करिब १०० मिटर घिस्रिँदै हाइटेन्सन लाइनको खम्बामा ठोक्किएको र खम्बा बसमाथि खसेपछि आगलागी झनै व्यापक बनेको बताइएको छ ।

यूपी–२२ एटी ०२४५ नम्बरको उक्त बसमा ४५ जना यात्रु सवार थिए, जसमा अधिकांश यात्रु नेपाली रहेको बताइएको छ ।

घटनापछि बसचालक र सहचालकको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको भारतीय अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार