विराटनगर । प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।
बुधबार कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहले विराटनगर महानगरपालिका-१८ का रवि साहलाई पक्राउ गरेको हो।
चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को२४प ७९८४ नम्बरको मोटरसाइकलमा चालक साहलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उनको साथबाट स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय नेपाली रुपैयाँ बरामद भएको छ। परेका उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ।
प्रतिक्रिया