एमाले ११औँ महाधिवेशन : मतगणना केही समयमा सुरु हुने

विहीबार, ०३ पुस २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको केही समयमै मतगणना सुरु हुने भएको छ । मतदान सकिएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भइसकेको एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगका अनुसार चिप्स संकलनको काम सकिएसँगै निर्वाचन समितिको बैठक बसेपछि मतगणना सुरु हुनेछ।

महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ । बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन् ।

विद्युतीय प्रणाली प्रयोग भएकाले मतदानमा समय लागे पनि मतगणनामा धेरै समय नलाग्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा जारी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार